‘सारेगमप लिटिल च्याम्प’ मा प्रितम आचार्यको धमाकेदार प्रस्तुति

भारतको चर्चित रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प’ मार्फत नेपालका प्रितम आचार्य निकै चर्चामा आएका छन् । आचार्यले अडिसन राउण्डमा नै दमदार प्रस्तुति दिएर जज र दर्शकहरुको मन जितेका थिए ।

हालै प्रसारण भएको होली स्पेसल एपिसोडमा प्रितमले फेरि एकपटक धमाकेदार प्रस्तुति दिएर सबैलाई चकित पारेका छन् । प्रितम र भारतीय अर्का प्रतिस्पर्धी मोहम्मद फैजले संयुक्त रुपमा प्रस्तुति दिएका थिए ।

प्रितमले नजिकिदै गरेको होलीको अवसर पारेर ‘बद्रीकी दुल्हनिया’ बोलको होलीको गीत गाएका हुन् । उनको प्रस्तुतिलाई जजहरुले निकै रुचाएका थिए । साथै उनले स्टयान्डिङ अभियन समेत पाएका थिए ।