लामो समय काम गर्ने कर्मचारीलाई नियन्त्रण गर्न ड्रोनको प्रयोग

एजेन्सी । जापानमा लामो समयसम्म काम गर्नु एक समस्याको रुपमा देखिएको छ । निश्चित समयभन्दा बढी काम गर्नु जापानमा समस्याको रुपमा नै देखिएको हो । जसका कारण कैयौं मानिसको मृत्यु भईसकेको छ ।

जापानमा सितैमा लामो समय काम गर्ने क्रम बढ्दै गएको देखिन्छ । उनीहरु लामो समय काम गर्दा विभिन्न रोगका शिकार हुने गरेको पाईएको छ । यसलाई नियन्त्रण गर्न केही कम्पनीहरु विकल्प खोज्न थालेका छन् ।

केही कम्पनीले प्रविधिको सहयोगमा त्यो समस्या समाधान खोज्ने प्रयास गरिरहेका हुन् । उनीहरुले प्रविधि अन्र्तगत ड्रोनको प्रयोग गरेर बढी समय काम गर्ने कर्मचारीमाथि कडाई गर्न थालेका हुन् ।

बढी काम गर्दा गर्दै कार्यालयमै एक कर्मचारीको ज्यान गएको । तस्बिरः hcamag.com

कार्यालयभित्रै प्रवेश गरेर ड्रोनले कर्मचारीमाथि निगरानी गर्न थालेको हो । उनीहरु आफ्नो समयभन्दा बढी काम गर्ने कर्मचारी ड्रोनले क्याप्चर गरेर कम्पनी प्रमुखलाई देखाईन्छ । र तुरुन्तै प्रमुखबाट कार्यालयबाट घर जान निर्देशन दिईन्छ ।

उक्त ड्रोनले कर्मचारीले के गरिरहेका छन् ? भनेर निगरानी गर्दैन्, बरु उनीहरुलाई घर जान प्रोत्साहन गर्छ । उक्त ड्रोनमा जोडिएको क्यामेराले कुन कर्मचारी कतिबेलासम्म काम गरिरहेको छ भन्ने रेकर्ड राखिन्छ ।

जापानको नयाँ कानुनले महिनामा १ सय घण्टा भन्दा बढी ओभरटाईम गर्न नपाईने व्यवस्था छ । कोही मानिसहरु मरुन्जेलसम्म काम गर्छन् । जसलाई कारोशी भनिन्छ । कम्पनीहरुले धेरै समय काम नगरुन भन्दै विभिन्न उपाय कार्यान्वयमा ल्याएका छन् ।

कारोशी ड्रोनले कर्मचारीको निगरानी गर्दै ।

ती मध्ये आँखाको चालको रेकर्ड राख्ने चश्माहरु पनि प्रयोगमा ल्याईएको छ । यो चश्मा र तपाईको मोवाईलसँग कनेक्ट गरिएको हुन्छ । जसले गर्दा तपाई धेरै समय काम गरिरहनुभएको छ भने चश्माको मद्दतले मोवाईलले तपाईलाई अन्यत्र ध्यान केन्द्रित गराईदिन्छ ।

विहान चाँडो उठ्नलाई अलारार्म प्रयोग गरिएजस्तै यो चश्माले तपाईलाई बढी समय काम गर्न थालेको मोवाईलमा अलारार्म बज्छ । तपाईलाई अन्यत्र केन्द्रित गराईदिन्छ । यस्ता प्रविधिले वर्षौदेखि जापानमा रहेको धेरै लामो समय काम गर्ने प्रवृतिलाई कम गर्न सघाउँछ ।

जापानको एक तथ्यांक अनुसार वार्षिक रुपमा २ हजार भन्दा बढी कर्मचारीले सुसाईट गर्ने गरेका छन् । ति मध्ये कामको कारण डिप्रेशनमा आएर आत्महत्या गर्ने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।