युनिभर्सलको आइपीओ तपाईलाई कति पर्यो ? (नतिजासहित)

युनिभर्सल पावर कम्पनीले निष्काशन गरेको आइपीओमा आबेदन दिने सबैले शेयर पाएका छन्।  बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले बिहान १० बजे आफ्नै कार्यालयमा शेयर बाँडफांड गरेको हो ।

कम्पनीले सर्वसाधारणलाई ९३ लाख २७ हजार ४ सय १० कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये सर्वसाधारणका लागि ८८ लाख ५७ हजार ५ सय ९० कित्ता छुट्याइएको थियो । सर्वसाधारणतर्फ कुल १ लाख ५ हजार १ सय ५९ जनाले आवेदन दिएकोमा ४० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । बाँकि रहेका १ लाख ५ हजार १ सय १९ योग्य आवेदक सबैले शेयर पाएका छन् ।

१३ सय कित्तासम्म आवेदन दिनेले १३ सय कित्ता नै शेयर पाएका छन् । १५ सय कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिने सबैले समान रुपमा १३ सय ५० कित्ता शेयर पाएका छन् । १५ सयदेखि १० हजारसम्मको शेयर माग गर्ने २४६ जना मध्येबाट १५७ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् । यस हिसाबमा अधिकतम पाउनेले १३ सय ६० कित्ता शेयर पाएका छन् । आईपिओमा १.०४ प्रतिशत बढी आवेदन परेको थियो ।

कम्पनीले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको  छ ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्