पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन

काठमाडौं

नेकपाका नेता पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा निधन भएको छ।

तीन सातादेखि राजधानीको ह्याम्स अस्पतालमा उपचाररत अधिकारीको शनिवार साँझ निधन भएको हो ।

यद्यपि अस्पतालले अधिकारीको निधनको औपचारिक घोषणा गर्न बाँकी छ।

हेम्स अस्पताले शनिबार पत्रकार सम्मेलन गर्दै अधिकारीलाई सबै प्रयास गर्दा पनि बचाउन सक्ने अवस्था नरहेको जनाएको थियो ।

पत्रकार सम्मेलनमा डा. हेमराज पनेरुले अधिकारीको सम्पूर्ण महत्वपूर्ण अंगले विहानै देखि काम गर्न छोडेको र २४ घन्टादेखि पिसाव नभएको जानकारी दिएका थिए ।