नेपालको भूमि फिर्ता गराउन पहिलो पटक जेनेभामा विरोध प्रदर्शन

काठमाडौं । नेपालको भूमि फिर्ता गराउन भन्दै पहिलो पटक ऐतिहासिक विरोध प्रदर्शन हुन लागेको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको आयोजनामा पहिलो पटक स्विट्जरल्याण्डको जेनेभामा विरोध प्रदर्शन हुन लागेको हो ।

भारतले सन् १९४७ अगस्त १५ देखि नेपालको करिब ६० हजार वर्ग किलोमिटर जमिन कब्जा गर्दै आएको भन्दै त्यसको विरोधमा मार्च १४ तारिखमा जेनेभामा विरोध प्रदर्शन गर्न लागिएको हो ।

त्यसको लागि मोर्चाका अध्यक्ष फणिन्द्र नेपाल जेनेभा पुगेका छन् । विरोध प्रदर्शनको कार्यक्रम दिउँसो १२ः३० बजेदेखि २ बजेसम्म गरिने अध्यक्ष नेपालले जानकारी दिए ।

जेनेभाको ब्रोकन चेयर भन्ने ठाउँमा हुन लागेको विरोध प्रदर्शनमा सहभागी हुन आह्वान गरिएको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धी अघिको विशाल नेपाल प्राप्तिको अभियान चलाउँदैं आएको छ ।

Photo: completenepal.wordpress.com