एघार अर्बको ट्रेजरी बिल जारी हुँदै

काठमाडौं

नेपाल राष्ट्र बैंकले आइतबार ११ अर्ब ९० करोड ५० लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले शुक्रबार एक सूचना मार्फत उक्त परिमाणको टे«जरी बिल बोलकबोलबाट बिक्री गर्ने भएको हो । बैंकले न्यूनतम ९१ दिनदेखि १८२ दिनसम्मका लागि बहाल रहने गरी टे«जरी बिल बिक्री गर्न लागेको र त्यसको परिमाणसमेत छुट्याएको छ ।

यसअघि बैंकले फागुन १३ गते पनि दुई अर्ब २३ करोड बराबरको ९१ दिने टे«जरी बिल बिक्री गरेको थियो ।